क्लोथ बैंकलाई जानकी फाइनान्सको दशवटा अक्सिजन सिलिन्डर सहयोग

क्लोथ बैंकलाई जानकी फाइनान्सको दशवटा अक्सिजन सिलिन्डर सहयोग

क्लोथ बैंक समाचारदाता
जनकपुरधाम, भदौ १७ ।
कोरोना महामारीमा संक्रमित भइ होम आइशोलेसनमा बसेकाहरुका लागि चिकित्सकीय परामर्श र अक्सिजनको व्यवस्थापन गर्दै आएको क्लोथ बैंक धनुषाको अभियानमा थप १० वटा अक्सिजन सिलिन्डर सहयोग प्राप्त भएको छ । जनकपुरधाम स्थित २४ वर्ष पुरानो जानकी फाइनान्स लिमिटेडले १० वटा अक्सिजन सिलिन्डर प्रदान गरेको छ ।


फाइनान्सका अध्यक्ष अमरनाथ गुप्ताले फाइनान्स जनकपुरधामकै पुरानो रहेकाले समाजिक कार्यहरुमा समेत काम गर्दै आएकाले क्लोथ बैंकको अभियान समाजिक हितको लागि भएकाले १० वटा अक्सिजन सिलिन्डर सहित सम्पुर्ण सेट नै सहयोग गरेको बताए । करिव १८ हजारका दरले पर्ने प्रति सेट गरि कुल १ लाख ८० हजारको समान सहयोग गरिएको उनले बताए ।
गुप्ता सहित फाइनान्सका निर्देशक रघुनाथ साह र सिइओ रजनिश कुमार सिंहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी, क्लोथ बैंकका अध्यक्ष राजिव झा तथा अक्सिजन व्यवस्थापन समितिका संयोजक मनोज चौधरीलाई सो समानहरु हस्तान्तरण गरेको छ । अभियानका प्रवक्ता तथा बैंकका उपाध्यक्ष पत्रकार पुरन रौनियारका अनुसार अहिले सम्म कुल ८४ जना संक्रमित अभियानको अन्डर केयरमा रहेर उपचार लिइरहेकोमा २० जना निको भएको छ । वाँकी ६४ मध्ये ४ जनालाई अक्सिजनको सहयोगमा उपचार भइरहेको र वाँकीको अवस्था समान्य रहेको जनाइएको छ ।

Leave a Reply