जानकी फाइनान्सद्वारा क्लोथ बैंकलाई १० थान अक्सिजन सिलिण्डर सहयोग

जानकी फाइनान्सद्वारा क्लोथ बैंकलाई १० थान अक्सिजन सिलिण्डर सहयोग

जनकपुरधाम : कोरोना संक्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गर्दै क्लोथ बैंक धनुषाले सञ्चालन गरेको होम आइसोलेसनमा बसेकाहरुका लागि चिकित्सकिय परामर्श र अक्सिजन व्यवस्थापनको अभियानमा थप सहयोगहरु निरन्तर जुट्दै गइरहेको छ ।

सहयोगकै क्रममा आज (बुधबार) जनकपुरधामस्थित जानकी फाइनान्स कम्पनीले क्लोथ बैंकलाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो ।

जानकी फाइनान्स कम्पनीका अध्यक्ष अमरनाथ गुप्तासहित फाइनान्सका निर्देशक रघुनाथ साह र सिइओ रजनिश कुमार सिंहले संयुक्त रुपमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, क्लोथ बैंकका अध्यक्ष राजिव झा तथा अक्सिजन व्यवस्थापन समितिका संयोजक मनोज चौधरीलाई प्रतिसिलिण्डर १८ हजारका दरले पर्ने कुल १ लाख ८० हजार बराबरको १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् ।जानकी फाइनान्सका अध्यक्ष गुप्ताले क्लोथ बैंकले अक्सिजन सिलिण्डर सहयोग गरिदिनका लागि आग्रह गरेपछि आफ्नो संस्थाले यस्तो सामाजिक कार्यका लागि चासो देखाउँदै बैंकलाई आज १० थान सिलिण्डर सहयोग गरेको बताए । उनले यसअघि लकडाउनको अवधिमा समेत जानकी फाइनान्सले निशुल्क भोजनको व्यवस्थापन गर्दै आएको बताए । कोरोना विरुद्धको यस लडाईमा आम जनतालाई सहयोग गर्न पाउँदा खुसी अनुभूती भएको बताउँदै अध्यक्ष गुप्ताले आगामी दिनमा समेत यस्ता सामाजिक कामका लागि सहयोगहरु जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई आवश्यकता परेको खण्डमा बैंकले निशुल्क रुपमा अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आईरहेको छ । बैंकका अध्यक्ष राजीव झाले घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराईरहेकाहरुलाई बैंकले निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएको जानकारी दिएका छन् ।

अहिलेसम्म क्लोथ बैंकको स्टोकमा ३२ थान अक्सिजन सिलिण्डर रहेकोमा ४ वटा सिलिण्डर बिरामीको घरमा रहेको र ६२ वटा सिलिण्डर बिभिन्न ठाउँहरुबाट सहयोग स्वरुप आउन बाँकी रहेको उनले जानकारी दिए ।

कुल ८७ जना संक्रमित यस अभियानको अन्डर केयरमा रहेर चिकित्सकिय परामर्श अनुसार उपचार लिइरहेकोमा २० जना निको समेत भईसकेका छन् भने ४÷५ जना एक दुई दिनमै निको भइसक्ने अध्यक्ष झाले बताए । बाँकी रहेकाहरुको समेत स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

copyed Nepal Top

प्रकाशित : भदौ १७, २०७७

Leave a Reply