संक्रमितलाई ‘प्राणवायू’ घरमै अक्सिजन सिलिन्डर पुर्‍याउने अभियान

संक्रमितलाई ‘प्राणवायू’ घरमै अक्सिजन सिलिन्डर पुर्‍याउने अभियान

जनकपुरधाम : कोभिड–१९ (कोरोना) संक्रमितको उपचारका लागि जनकपुरका युवाले घरमै अक्सिजन (प्राणवायू) सिलिन्डर पु¥याउने अभियानको थालनी गरेका छन्। होम आइसोलेसनमा रहेका गम्भीर अवस्थाका संक्रमितको उपचारका लागि उनिहरुले ‘अक्सिजन सिलिन्डर बैंक’ स्थापना गरेका हुन्।

दुई वर्ष अघिदेखि ‘क्लोथ बैंक’ अभियान संचालन गरिरहेका यी युवाहरुले अक्सिजन सिलिन्डर बैंक स्थापना गरी विरामीलाई सिलिन्डर उपलव्ध गराइरहेका छन्। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आवश्यक पर्ने स्रोत साधनको कमी हुन थालेपछि होम आइसोलेसनमा रहेका विरामीको सहजताका लागि सिलिन्डर बैंक स्थापना भएको बैंकका अध्यक्ष राजीब झा बताउँछन्।

‘संक्रमितको संख्या बढ्दै गएको छ, यस्तो अवस्थामा सबैजनाले अस्पतालमा नै गएर उपचार गराउन सम्भव छैन’, झाले भन्छन्,‘स्वासप्रस्वासको समस्या हुने विरामीलाई घरमै सिलिन्डर उपलव्ध गराउँदा उपचारमा सजिलो हुने भएकाले यो अभियान थालिएको हो।’

संक्रमणको दर बढेसँगै गम्भीर खालका विरामीको संख्या पनि बढिरहेको छ। अक्सिजन सिलिन्डरको अभाव हुन सक्ने आँकलन भएपछि यो अभियान थालनी भएको झा बताउँछन्। अहिले यो अभियान होम आइसोलेसनमा उपचाररत जनकपुरका एक जना संक्रमितले सेवा लिइसकेका छन््।

बैंकमा हाल ३२ वटा सिलिन्डर जम्मा भइसकेको झा बताउँछन्। जसमा २२ वटा ठुला र १० वटा साना सिलिन्डर छन्। केही दिनमै थप ६२ वटा सिलिन्डर जम्मा भइसक्ने झाको भनाई छ।

ठुला सिलिन्डरबाट १ जना विरामीलाई ५ दिनसम्म अक्सिजन आपूर्ति गर्न सकिन्छ भने सानो सिलिन्डरबाट १ जना बिरामीलाई १ दिनसम्म अक्सिजन दिन मिल्छ। अक्सिजन सेवा दिन सिलिन्डरमा लाग्ने ‘बी पाइप’ र ‘सी पाइप’समेत किनिएको छ। सिलिन्डर हाल जिल्ला प्रशासन कार्यालय धनुषामा भण्डारण गरिएको छ।

घरमै अक्सिजन सिलिन्डर पुर्‍याउनेसँगै होम आइसोलेसनमा रहेका संक्रमितको उपचारका लागि निजी क्षेत्रका चिकित्सकलाई पनि अभियानमा जोड्ने गरिएको छ। आइसोलेसनमा बसेका विरामीले फोन गरेर अभियानको समितिलाई जानकारी गराउछन्। समितिले विरामीलाई चिकित्सकको नम्बर उपलव्ध गराउछ। यसरी विरामी र चिकित्सकबीच फोन÷भिडियो मार्फत् संवादको वातावरण यो अभियानले मिलाउने गरेको छ।

‘विरामीको अवस्था बुझेर चिकित्सकले आवश्यक परामर्श तथा औषधि खान सल्लाह दिन्छन्’, झा भन्छन्,‘भेन्टिलेटरको आवश्यकता परे वा अवस्था गम्भीर भए आवश्यक अस्पताल जान सिफारिस गर्छन्।’

अस्पतालमा ठाउँ अभावले भर्ना हुँन नपाउँदा संक्रमितको मनमा नकरात्मक असर पर्न सक्ने भएकाले चिकित्सकीय परामर्शले त्यसमा कमी गर्न सकिने चिकित्सक बताउछन्। फोन वा भिडियो कलमार्फत् नै भए पनि चिकित्सले दिने परामर्शले संक्रमितलाई रोग विरुद्ध लड्न हौसलासमेत मिल्ने गर्दछ।

अभियान अन्र्तगत हालसम्म प्रदेश २ का ८५ जना कोरोना संक्रमितलाई चिकित्सकीय समूहले उपचार गरिरहेको छ।
जसमा पर्सामा १९ जना, बारामा ५ जना, सर्लाहीमा ६ जना, सप्तरीमा ५ जना, महोत्तरीमा ३ जना, सिराहामा २ जना र धनुषामा ४५ जना कोरोना संक्रमितको उपचार क्लोथ बैंकको हेरचाहमा भइरहेको छ।

वरिष्ठ रक्तरोग विशेषज्ञ डा.अजय झाको संयोजकत्वमा ५१ जना चिकित्सकले होम आइसोलेसनमा रहेका बिरामीको उपचार गरिरहेका छन्। कोरोना संक्रमित वा अन्य बिरामीलाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्स नै उपलब्ध नहुने समस्यालाई समाधानतर्फ पु¥याउने काममासमेत क्लोथ बैंक अग्रसर भएको छ।

कोरोना संक्रमित विरामी बोक्न हाल नेपाल रेडक्रस सोसाइटी धनुषाको एउटा मात्र एम्बुलेन्स प्रयोग भइरहेको छ। संक्रमितलाई चाँडो अस्पताल पु¥याउन सकियोस् भन्ने उद्देश्यले अभियानले प्रयास थालेपछि धनुषामा ६० वटा एम्बुलेन्सले कोरोना संक्रमितलाई आवश्यक ठाउँमा पु¥याउने गरेका छन्।

एम्बुलेन्स चालकलाई पीपीई, ड्राई फूड, ड्राई फ्रुटसहितको टिफिनसमेत अभियानले उपलव्ध गराइरहेको छ। यसका लागि एम्बुलेन्स संचालकको तर्फबाट महाशंकर ठाकुर, सुजित पुर्बे, चालकतर्फ अरमान साह, सामाजिक अभियन्ता सरोज राय र क्लोथ बैंकको तर्फबाट मनिष झा श्रीओम सम्मिलित समितिसमेत गठन गरिएको छ।

अभियानले कोरोना संक्रमितको उपचार गर्न ‘प्लाज्मा थेरापी’सहितको उपचारका लागि ‘प्लाज्मा बैंक’समेत स्थापना गर्ने तयारी थालेको छ।

Leave a Reply